Friday, January 14, 2022

जिल्ला सहकारी संघ धनुषाले मनाए आफ्नो ५२ औं वार्षिक साधारणसभा

 



बिपिन कुमार यादव----

जनकपुर,पुस ३० 

  जिल्ला सहकारी संघ लिमिटेड धनुषाको ५२ औं वार्षिक साधारणसभा शुक्रवार जनकपुरधाम मुरली चौक स्थित जिल्ला सहकारी संघको सभाहलमा सम्पन्न भएको छ ।

    संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधको अध्यक्षता र जिल्ला समन्वय समिति धनुषाको प्रमुख रामदेव बनरैत यादवको प्रमुख अतिथिमा उद्घाटन गरिएको सभामा उपस्थित  सहभागिहरुले सहकारी मार्फत नै सर्वसाधारणको जिवन परिवर्तन हुनेमा जोड दिएका थिए।

  जिल्ला भित्र रहेका सवै प्रकृतिका सहकारी संघ संस्थाहरुको प्रवर्द्धन  गर्ने उद्देश्यले वि.स. २०२६ सालमा स्थापित संघको सधारण सभाबाट अझ सशक्त बनाउन सहभागिहरुले जोड दिएका छन् । संघ भित्र स्थापित सवै प्रकृतिक विषयगत संघ र प्रारम्भिक सहकारी संस्थाहरु आवद्ध हुन पाईने प्रावधान रहेको छ । आफ्ना सदस्य संस्थाहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै सहकारी संस्थालाई थप व्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन सहभागिहरुले जोड दिए ।

   सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकास,शेयर सदस्य संस्थाहरुलाई नियमित अनुगमनका कार्यक्रमलाई प्रत्येक सहकारी संस्थाहरुमा पुर्याउन अनिवार्य रहेकाले जिल्ला संघले सरोकारवाला निकायहरुसंग सहकार्यमा कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरेको छ ।

No comments:

Post a Comment