Tuesday, January 11, 2022

राष्ट्रिय एकता दिवस मनाएर मलंगवाका डाक्टर तथा युवाहरुले सम्झे राष्ट्र निर्माता पृथ्वीनारायण साहलाई

 



मनोज यादव---

सर्लाही ,पुस २७

      लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउन छाडेको भए पनि सर्लाही मलंगवाका स्वास्थ्यकर्मी तथा युवाहरुले नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको योगदानलाई सम्झिएका छन् ।

     मलंगवा स्थित स्तुति सौम्या हेल्थ केयरका डाक्टर गुणेश्वर झा तथा श्रीराम हस्पिटलका डाक्टर राम प्रवेश यादवको अगुवाइमा आज(मंगलबार) बिहान जिल्ला समन्वय समितिको तिनबिघे मैदानमा एक कार्यक्रमको आयोजना गरि सम्वृद्ध सर्लाही निर्माण संस्थामा आबद्ध युवाहरुले साहको ३०० औं जन्मजयन्तीका साथै राष्ट्रिय एकता दिवस मनाएका छन् ।

   १७७९ साल पुस २७ गते गोर्खामा जन्मनुभएका शाहले आफ्नो शासनकालमा टुक्राटुक्रा रहेका २२ से  २४ से  राज्यलाई जोडेर एउटा सिंगो नेपाल राष्ट्र बनाएर एकीकरण गर्नुभएको थियो ।तर आजको दिनमा आफ्नै स्वार्थमा लिप्त राजनीतिक दल र नेताहरुले उहाँको यस योगदानलाई बिर्सिदै गएकाले एउटा असल देशभक्तको नाताले उहाँको यही योगदानलाई कदर गर्दै मलंगवाका स्वास्थ्यकर्मी र युवाहरुको साथमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएको डा.गुणेश्वर झाले बताउनुभयो।


    पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२/२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर जनस्तरमा भने अहिले पनि यो दिवस मनाउने क्रम  कायमै छ ।

     
  

No comments:

Post a Comment