Tuesday, February 1, 2022

सर्लाहीमा लागूऔषधसहित एक युवती र दुई युवक पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही, माघ १८

   प्रहरीले  सर्लाहीमा लागूऔषधसहित एक युवती र दुई युवकलाई पक्राउ गरेको छ।

   पक्राउ पर्ने युवतीमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा न न-५ निवासी  ३० वर्षीया करिश्मा मोक्तान रहेको छ भने युवकहरुमा सर्लाहीको लालबन्दी नगरपालिका वडा न-८ निवासी  अख्तर हुसैन र ईश्वरपुर नगरपालिका वडा न- ६ निवासी  अशोक लामा रहेका छन् ।

       आइतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको प्रहरी टोलीले मलंगवा नगरपालिका वडा न–७ गणेशिया टोलस्थित सडक खण्डमा प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पुलाई शंका लागि चेकजाँच गर्दा २० किलो ९०० ग्राम लागूऔषध गाँजासहित युवती  मोक्तानलाई पक्राउ गरेको हो । 

     त्यस्तै युवकहरु हुसैन र लामालाई  सोही राति मलंगवा- नवलपुर सडक खण्ड अन्तर्गत कविलासी नपा वडा न- ८ बाट चेकजाँको क्रममा पक्राउ गरेको हो ।एच.आर २६ बि.पि १८७६ नम्बरको कारमा सवार भएर मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको अवस्थामा कबिलासी-८ मा रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट डाइलेक्स डिसी (१०० एम एल) ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई टिच ईन्जेक्सन ३ पिस बरामद भएको थियो।

     तीनैजनालाई बरामद भएको लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिएको छ ।


No comments:

Post a Comment