Friday, July 8, 2022

रासायनिक मलको अभाव र महँगीको विरोधमा राप्रपा सर्लाही द्वारा सिडियो कार्यालय अगाडी प्रदर्शनसहित धर्ना





लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २४

   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम  मलंगवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको छ ।  रासायनिक मलको अभाव र महँगीको विरोधमा राप्रपा सर्लाहीले शुक्रवार प्रशासन कार्यालय अगाडी धर्ना दिएको हो ।

    नेपालमा दिनप्रतिदिन भइरहेको मुल्य वृद्धि र प्रत्येक वर्ष रोपाइँकै सिजनमा आएर हुँदै आएको रासायनिक मल तथा बिउ बिजनको अभावका कारण जनता मारमा परेकाले नेपाल सरकारको विरुद्धमा धर्नामा बसेको पार्टीका जिल्ला अध्यक्ष सत्यनारायण यादवले बताए । 

    धर्ना अघि राप्रपाका कार्यकर्ताहरुले सरकारको विरुद्धमा नारावाजी गर्दै प्रदर्शन समेत गरेका थिए । उनीहरुको मुल्य वृद्धि नियन्त्रण गर्नुपर्ने, किसानलाई समयमा मल र बिउ उपलब्ध गराउनुपर्ने लगायतका मागहरु रहेका छन् । 


No comments:

Post a Comment