Sunday, July 3, 2022

चिकित्साशास्त्र अध्यनरत विद्यार्थीलाई कौडेना गापाद्वारा आर्थिक सहयोग




मनोज यादव---

सर्लाही,असाढ १९

    सर्लाहीको कौडेना गाउँपालिकाकाले चिकित्साशास्त्र अध्यनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

      आर्थिक स्थिति कमजोर भएका कारण पढाइ पूरा गर्न नसकेका कौडेना गापा भरीका चिकित्साशास्त्र अध्ययनरत गरिब,असहाय जेहेन्दार विद्यार्थीहरुलाई  पढाइ पुरा गर्न मद्दत मिलोस् भन्ने उदेश्यले कार्यपालिका बैठकले  आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

  सोही निर्णय अनुसार गापा अध्यक्ष रुपेश कुमारले कौडेना गापा वडा न-२ का ओम कुमार यादब र कुन्दन कुमार यादवका अभिभावकहरुलाई कार्यालयमै बोलाएर अपुग रकम ५६ हजार ५ सय रुपैया हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जनाएको छ। 

   गापा अध्यक्षको रुपमा पदभार ग्रहण गरे लगत्तै शिक्षा क्षेत्रको विकासका लागि यस किसिमको निर्णय गरेर हजारौं गरिब विद्यार्थीहरुको भविष्य सुधार्ने काम गरेको भन्दै ओम कुमार र कुन्दनका अभिभावकहरु सहयोग रकम ग्रहण गर्दै  गापा अध्यक्ष रुपेश कुमारको मुक्त कण्ठले प्रशंसा गरेका थिए।

    

No comments:

Post a Comment