Monday, July 18, 2022

सर्लाहीका संचारकर्मी संतोष कर्ण मुख्यमन्त्री लालबाबु राउतद्वारा बेस्ट रेडियो एङ्कर(RJ)बाट सम्मानित

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २

    सर्लाहीका संचारकर्मी संतोष कर्णलाई   मधेश प्रदेश सरकारका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बेस्ट रेडियो एङ्कर(RJ)बाट सम्मानित गर्नुभएको छ।

    नेपाल इन्स्टिच्युट अफ मास कम्न्युकेसन प्रालि र कलैया उपमहानगरपालिकाले बारा जिल्लाको कलैयामा आयोजना गरेको मधेश प्रदेश मिडिया एवार्ड२०७९ कार्यक्रमको  अवसरमा प्रमुख अतिथि मुख्यमन्त्री राउतले सदरमुकाम मलंगवा नगरपालिका वडा न-४ घर भई मलंगवाकै एक स्थानीय एफएम रेडियो स्टेसनमा  कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत संचारकर्मी कर्णलाई उक्त विधाको पुृरस्कारबाट सम्मानित गरिएको हो।

    उहाँले सर्लाहीसहित मधेश प्रदेश र छिमेकी देश भारतको विहार राज्यको विभिन्न गाउँ,शहरमा  एउटा रेडियो कार्यक्रम प्रस्तोताको रुपमा  मात्र नभइ मैथिली लोक गायक र अभिनेताको रुपमा पनि जनमानसमा राम्रो प्रशिद्धी कमाउनु भएको छ।कर्ण जिल्लाकै कबिलासी नगरपालिकाको पिपरिया माविमा शिक्षक पनि हुनुहुन्छ ।

No comments:

Post a Comment