Wednesday, July 20, 2022

युवाहरूलाई स्वस्थ र खेलकुद प्रति सक्रिय बनाउन मधेश प्रदेशको सबै पालिकामा जिमखानाको निर्माण निर्माण गर्छु:खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह




लोकतन्त्र समाचारदाता-----

सर्लाही,साउन ४ 

    मधेस प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रदेशको राजधानी जनकपुरधाममा नवनिर्मित  व्यामशाला(जिमखाना)को उद्घाटन गर्नुभएको छ। श्रीराम ब्यामशालाको उद्घाटन गरेका छन् ।

   सर्लाहीको धनकौल गाउँपालिका निवासी समेत रहनु भएका नेपाली कांग्रेसका प्रभावशाली युवा नेता ,मधेस प्रदेश उपसभापति तथा संगठन विभाग प्रमुख मन्त्री सिंहले बुधबार एक कार्यक्रमबीच जनकपुरधाममा निर्माण भएको श्रीराम ब्यामशालाको उद्घाटन गर्नुभएको हो।

   व्यामशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले युवाहरूलाई स्वस्थ र खेलकुद प्रति सक्रिय बनाउने आफ्नो परिकल्पना रहेको बताउनुभयो ।सोही अनुसार पहिलो चरणमा आठवटै जिल्लाका सदरमुकाममा जिमखाना खोल्ने योजना रहेको र पछि मधेसको हरेक पालिकामा जिम हल खोलेर युवाहरुलाई खेलकुदमा सक्रिय बनाउने, स्वस्थ बनाउने र रोजगारीका लागि योग्य बनाउने उद्देश्य लिएको बताउनुभयो ।

    मन्त्री सिंहले उद्घाटन गर्नुभएको श्रीराम ब्यामशालाको निर्माण मधेश प्रदेश सरकारको खेलकुद मन्त्रालय अन्तर्गत गरिएको हो।

No comments:

Post a Comment