Friday, July 8, 2022

रौतहटको कटहरिया नगरपालिकामा ई-लाइब्रेरी र क्रिकेट रंगशाला निर्माण हुने




दिपेश कुमार शाह-----

रौतहट,बिहीबार २५

    रौतहटको कटहरिया नगरपालिकाकामा ई-लाइब्रेरी र क्रिकेट रंगशालाको निर्माण हुने भएको छ। यसका लागि  स्थानीय  बिगन कुमार शाहले दर्ता गराएको निवेदनमाथि पहल गरि केहीदिन भित्रै ई-लाइब्रेरी र क्रिकेट रंगशालाको शिलान्यास गरेर निर्माणको काम सुरु गर्ने नगर प्रमुख अजय प्रकाशले बताउनुभएको छ।

   लालबकैया नदिको किनारमा  क्रिकेट रंगशाला र कटहरियामा ई-लाइब्रेरीको निर्माण गरिने मेयर प्रकाशले जानकारी गराउनुभयो। उहाँले  कटहरिया क्रिकेट स्टेडियमको पनि स्तरोन्नति गरेर खेलकुद प्रतियोगिताहरुको आयोजना हुने योग्य बनाउने बताउनुभयो ।

No comments:

Post a Comment