Tuesday, July 5, 2022

नयाँ पत्रकारहरु उत्पादन गर्न सर्लाहीमा आधारभुत पत्रकारीता तालिम सुरु

 



मनोज यादव---

सर्लाही,असाढ २१

      नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा आजबाट सात दिने आधारभुत पत्रकारीता तालिम हरिवनमा सुरु भएको छ ।

    उक्त  तालिमको आज(मंगलबार)हरिवन स्थित सम्राट होटलको सभाहलमा महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीको अध्यक्षता तथा हरिवन नपाका मेयर कमल बुडाथोकीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बिच विधिवत रुपमा उद्घाटन गरि सुभारम्भ गरिएको  हो । सातदिन सम्म संचालन हुने यस तालिममा सर्लाही जिल्लाभरीका ४० जनाको सहभागीता रहेने आयोजकले जानकारी दिएको छ।

   तालिममा सहभागी  प्रशिक्षार्थीहरुलाई  मुख्य प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रशिक्षण दिने छन् भने महासंघ केन्द्रीय कार्यालयका कार्यक्रम प्रवन्धक रामप्रसाद दाहालले कार्यक्रमको सहजीकरण गर्ने छन् । सर्लाही शाखाका अध्यक्ष क्षेत्रीले जनाएको छ।

   अन्य पेशा जस्तै पत्रकारीता पेशालाई पनि आफ्नो जिविकोपार्जनको साधन बनाउन चाहने र पहिलादेखि नै कुनै न कुनै संचारगृह तथा संचार माध्यममा काम गर्दै आएका युवा पुस्ताका नयाँ पत्रकारहरुलाई आम संचारको विषयमा थप ज्ञान एवं जानकारी प्रदान गर्न सातदिने आधारभुत तालिमको आयोजना गरिएको महासंघ  सर्लाही शाखाका अध्यक्ष क्षेत्रीले बताए।

    

No comments:

Post a Comment