Thursday, July 21, 2022

हरिवनबाट लागुऔषधसहित २ जना पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ५

    सर्लाहीको हरिवनबाट लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला कालिका नगरपालिका वडा न-३ बस्ने कृष्ण बहादुर खत्रीको छोरा वर्ष ३५ को दिपक खत्री र काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका वडा न-४ बस्ने राकेश लामाको छोरा वर्ष २६ को बिजय लामा रहेका छन् ।

     बुधबार राति हरिपुर न.पा तर्फबाट मोटरसाइकलमा सवार भएर दुईजना ब्यक्ति शंकास्पद अवस्थामा आउँदै गरेको छ भन्ने सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ती दुई ब्यक्तिहरु प्रहरी टोलीलाई देख्ने बितिक्कै ना २० प ९३७ नम्बरको  मोटरसाइकलसहित भित्री सडकमा भाग्न खोज्दा हरिवन वडा न-९  दनुवारी टोल स्थितबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जनाएको छ। 

  उनीहरुको साथबाट प्रहरीले ४९५ एम्पुल डाइजेपाम,५०० एम्पुल फेनार्गन,१४४ वटा क्यापसुल स्पास्मो प्रोक्सिभोन प्लस र नाम लेबुल नखुलेको ५०० एम्पुल लागुऔषध र विभिन्न कम्पनीको मोबाइल फोन ५ थान बरामद गरेको छ ।

   पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment