Saturday, July 16, 2022

चोरीको मोटरसाइकलसहित हरिवनबाट एकजना पक्राउ

 





लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ३२

   प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा न-८ बस्ने बर्ष ३३ को शेष मजिद रहेका छन् ।

     निजलाई गत असाढ २४ गते शुक्रवारका दिउँसि १ बजेको समयमा हरिवन न.पा वडा न-९ स्थित नयाँरोड बाट पार्किङ गरी राखिएको अवस्थामा च्यासिस नं.MD2AHCZXGWMO1736,ईन्जिन नं.DHZWGM64411 नं.भएको स ६ प ९६२३ नम्बरको कालो रातो रंगको १५० सिसिको पल्सर  मोटरसाइकल चोरी भएको भनी सोही न.पाको वडा न-७ बस्ने उत्तम कुमार पौडेलले दिएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा असाढ २९ गते बुधबारका दिन अपराह्न अन्दाजी ४ बजेको समयमा  हरिवन- ७ स्थित साईफन नजिक भित्री सडकखण्डबाट मोटरसाइकल सहित पक्राउ गरेको हो।                   मजिदलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।


    

No comments:

Post a Comment