Wednesday, July 13, 2022

धर्म परिप्रेक्ष्यमा बाल कल्याणको विषयमा धार्मिक अगुवा र बाल बालिका बिच अन्तरक्रिया

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २९

    सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिकामा धर्म परिप्रेक्ष्यमा बाल कल्याणको विषयमा धार्मिक अगुवा र बाल बालिका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    डा.अब्दुल रहिम मिकरानीको अध्यक्षता तथा World Vision को सहयोगमा राष्ट्रिय अन्तर धार्मिक संजाल नेपाल जिल्ला कार्यसमिति सर्लाहीले "समाज प्रतिको चिन्तन,अन्तरधार्मिक लगन" भन्ने नाराका साथ बुधबार परेको गुरु पुर्णिमाको अवसरमा धर्म परिप्रेक्ष्यमा बाल कल्याण भन्ने विषयमा  हिन्दु ,मुस्लिम, क्रिस्चियन धर्मगुरु र  बाल बालिकाहरु बिच अन्तरक्रिया गरिएको हो।

    राष्ट्रिय अन्तर धार्मिक संजाल नेपाल जिल्ला कार्यसमिति सर्लाहीका सचिव एवं सगरमाथा बोर्डिङ स्कुल मलंगवाका प्राधानाध्यापक तिलक कुमार क्षेत्रीले संचालन गर्नुभएको कार्यक्रममा सहभागी  भएका विभिन्न विद्यालयका विद्यार्थीहरुले तिनवटै धर्मका धर्मगुरुहरु सँग सम्बन्धित धर्ममा दाइजो प्रथा,बालविवाह ,महिनावारीको  बेला गरिने छुवाछूत,बलिप्रथा र समाजमा विद्यमान जातीय भेदभाव लगायतका विषयमा केकस्ता कुराहरु उल्लेख गरिएको छ र त्यस्ता प्रथाहरु जायज छ या छैन भन्ने प्रश्नको जवाफ मागेका थिए।विद्यार्थीहरुको प्रशनको जवाफमा तीनवटै धर्मका धर्मगुरुहरुले यस्ता कुराहरुलाई भागवत गीता,कुरान र बाइबलमा नाजायज मानेको बताएका थिए। 

   मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा आयोजना भएको   कार्यक्रममा पंडित अच्युतानन्द झा,पास्टर ओम रिजाल ,मौलाना मुफ्ती अब्दुल गफार साहेब,ब्रह्मकुमारी सीता दिदी ,पास्टर अजय चौधरी लगायत सगरमाथा बोर्डिङ स्कुल मलंगवा,चन्द्रनगर तथा  हरिपुर्वा मावि हरिपुर्वाका विद्यार्थीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment