सुराकीको आधारमा लालबन्दीबाट लागुऔषधसहित दुईजना समातिए
लोकतन्त्र समाचारदाता---
सर्लाही,असाढ २८
सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ नवलपुर चौक स्थितबाट लागुऔषधसहित दुईजना युवक पक्राउ परेका छन् ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा जिल्लाको कौडेना गाउँपालिका वडा न-२ घर भएका राम सुरेश यादवको छोरा अन्दाजी वर्ष २८ को रोतेश कुमार यादव र सोही कार्यमा संलग्न लालबन्दी नगरपालिका वडा न-२ बस्ने राजकुमार घिमिरेको छोरा अन्दाजी वर्ष ३४ को रोशन भन्ने बिजय कुमार घिमिरे रहेका छन् ।
सोमबार अपराह्न करिब सवा ३ बजे सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको BR30 AA 3365 नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक यादवले तरकारी बोक्ने नाइलनको झोलामा गमछाले बेरेर मोटरसाइकलको लेगगार्डमा झुण्ड्याएर राखेको अवस्थामा नाइट्राभेट 10-५० पत्ता बरामद गरि निजलाई इप्रका नवलपुरमा ल्याइ सोधपुछ गर्दा सोही कार्यमा संलग्न अर्को ब्यक्ति घिमिरेको लालबन्दी-२ स्थित घरमा पनि लागुऔषध रहेको भन्ने प्राप्त जानकारीको आधारमा निजको घरमा गएर खानतलासी गर्दा डाइलेक्स डिइ(१०० एम.एल)-९० बोतल फेलापारि निजलाई पनि उक्त लागुऔषधसहित नियन्त्रणमा लिइ यादवसँगै इप्रका नवलपुरको हिरासतमा राखेको अनुसंधान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएकोछ।
No comments:
Post a Comment