Sunday, July 17, 2022

NCE जिल्ला समन्वय समिति सर्लाहीको संयोजकमा राजेश पासवान




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १

    शिक्षाको लागि राष्ट्रिय अभियान  नेपाल (NCE) जिल्ला समन्वय समिति सर्लाहीको संयोजकमा राजेश पासवान सर्वसम्मतिबाट चुनिएका छन्

    शिक्षा क्षेत्रमा कृयाशिल समाजिक संस्थाहरुको प्रतिनिधित्व गर्ने NCE को लालबन्दी स्थित युनाइटेड होटलमा जिल्लाभरीका शिक्षा क्षेत्रमा कृयाशिल समाजिक संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा पासवानको संयोजकत्वमा  ७ सदस्यीय जिल्ला समन्वय समिति सर्लाही गठन भएको हो। नवगठित समितिको उपाध्यक्षमा मुन्ना उपाध्याय , सचिवमा मनोज साह ,कोषाध्यक्षमा श्री यादव रहेका छन ।

    नवगठित समितिले सर्लाहीमा सार्वजनिक शिक्षा सुदृढीकरण कालागी नितिगत पैरवी र वकालत गर्ने ,संविधानको धारा ३१ मा ब्यब्स्था भएको मौलिक हकको प्रभावकारी कर्यानवनका लागि  महत्वपुर्ण भुमिका खेल्ने बताएको छ ।

   प्रेरणा सर्लाहीका मंगल साहले संचालन गरेको उक्त कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी ,कार्यक्रम संयोजक शुबेन्द्रमान श्रेष्ठ लगायतको उप्स्थिति रहेको थियो।

No comments:

Post a Comment