Monday, July 11, 2022

प्रदेश सांसद अशोक यादव द्वारा प्रदेशसभा बहिष्कार

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २७

    प्रदेश मामिला सभापति एवं मधेश प्रदेश सांसद अशोक यादवले प्रदेशसभा बहिष्कार गर्नु भएको छ।

    यादवले जनता समाजवादी पार्टी नेतृत्वको सरकार हुँदा पनि प्रदेश सरकारको बजेटमा सर्लाही  जिल्ला तथा आफ्नो क्षेत्र विकासका लागि दिइएको योजनाहरु यस आर्थिक बर्ष २०७९/८० को बजेटमा  समावेश नगरी प्रदेशका  मन्त्रीहरुको गृह जिल्लाहरुमा मात्र  योजनाहरु बिनियोजित गरेको भन्दै प्रदेश सरकारको विरोधमा प्रदेश सभा बहिष्कार गर्नुभएको हो।

    मुख्यमन्त्री मोहम्मद  लालबाबु राउत गद्दी लगायत सम्बन्धित मन्त्रालयका मन्त्रीलाई जनताको चाहना बमोजिमका योजनाहरु लिखित रुपमा बुझाए पनि उक्त योजनाहरू समाबेश नगरिएकोले प्रदेश सरकारको बिरोध प्रदेश सभा बहिष्कार गर्नुपरेको प्रदेश सांसद यादवले बताउनुभयो । उहाँले  यो बजेट सन्तुलित बजेट नरहेको र समान रुपमा समेत वितरण नगरिएकोले यसबाट प्रदेश सरकारले  सर्लाही जिल्लाका जनतालाई अपहेलना गरेको प्रष्ट भएको बताएका छन् ।

    यस किसिमको निर्णय गरेर प्रदेश सरकारले नेपालमा मधेशीहरुको अधिकार सुनिश्चित गर्न मधेश आन्दोलनको समयमा सदाहत प्राप्त गरेका सर्लाही जिल्लाका सहिदहरुको  आत्मामा चोट पुर्याएकोले यस्तो कार्य आफुलाई असहनिय भएको बताउँदै उहाँले प्रदेशका मन्त्रीहरूको नियत र गलत निर्णय प्रति आक्रोश ब्यक्त गर्नुभएको छ।

No comments:

Post a Comment