Saturday, July 9, 2022

बरहथवामा आज ८४ जनाले रक्तदान गरे





लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २५

   लायन्स क्लब अफ सर्लाही,बरहथवा तथा मिथिला आदर्श युवा क्लब र आकाश दीप स्पोर्ट्स क्लबको संयुक्त  आयोजनामा सर्लाहीको बरहथवा नगरपालिका स्थित नेपाल बैंक लिमिटेड प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

   विभिन्न रोगको उपचार गर्दा, शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगतको  आवश्यकता पर्ने गरेको तर देशैभरि नै  रगतको आपुर्तिमा कमि भइरहेको अवस्थालाई मध्यनजर गर्दै रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले आज(सनिवार)बरहथवा स्थित नेबैलीको प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ।   

    बिहान ८ बजेदेखी शुरु भएको रक्तदान कार्यक्रममा जम्मा ८४ जनाले रक्तदान गरेको आयोजक संस्थाले जानकारी गराएको छ।


No comments:

Post a Comment