Tuesday, July 5, 2022

मलंगवा स्थित झिमपुलबाट लागुऔषधसहित एकजना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २१

   प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवाबाट लागु औषधसहित एक जनालाई नियन्त्रणका लिएको छ ।

    गस्तीमा रहेका प्रहरी टोलीले सोमबार सर्लाही-महोत्तरी हुलाकी राजमार्ग अन्तर्गत मलंगवा नगरपालिकाको वडा न-१० स्थित झिमपुलमा BR 30 F 3514 नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा हरिपुर नपा वडा न-४ बस्ने ४१ वर्षीय मनोज कुमार साहलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

   साहको साथबाट ५८ बोतल कोडेक्स नामक लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।निजलाई बरामद लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment