Friday, July 15, 2022

५ लाख नेपाली रुपैयासहित मलंगवाबाट एक भारतीय नागरिक पक्राउ

  



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ३१

      सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित गोरखकाली प्रहरी चौकीको चेक पोस्टबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

   बिहिवार दिउँसो भारततर्फबाट मलंगवा बजारतर्फ बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिक  सीतामढी जिल्ला, कन्हौली थाना,ग्राम पंचायत रामनगरा वडा न-११ बस्ने वर्ष ३० को विजय ठाकुरलाई गोरखकाली प्रहरी चौकीमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्।

     मोटरसाइकलमा चढेर मलंगवा बजारतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चौकी अगाडी रोकेर चेकजाँच गर्दा ठाकुरले लगाएको हेल्मेट भित्र लुकाइराखेको श्रोत नखुलेको  ५ लाख ११ हजार ५ सय नेपाली रुपैयाँ र ५ हजार भारतीय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

   भारतीय नागरिक ठाकुरलाई बरामद रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई अनुसंधान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment