Sunday, July 10, 2022

कोभिड १९ विरुद्धको खोप अभियान सम्बन्धि जनचेतना जगाउन सडक प्रदर्शन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २६

     सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका ,हरिपुर्वा नपा र पर्सा गाउँपालिकामा आज(आइतवार)  सडक नाटक प्रदर्शन गरीएको छ । वर्ल्ड भिजन र राष्ट्रिय  रोजगार प्रवर्द्धन केन्द्र सर्लाहीको साझेदारिमा कोभिड-१९ विरुद्धको खोप अभियान सम्बन्धि जनचेतना जगाउन सडक नाटक प्रदर्शन गरिएको हो ।

    कोभिड-१९ अर्थात कोरोना भाइरसको संक्रमणबाट बच्न सरकार द्वारा चलाइएको खोप अभियानको बारेमा सर्वसाधारण जनताहरुलाई जानकारी गराई कोरोना खोप सम्बन्धि फैलाइएको नकारात्मक भ्रमलाई हटाएर खोप लगाउन अभिप्रेरित गर्ने उदेश्यले उक्त सडक नाटक प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ।

    मलंगवा नपाको २,हरिपुर्वा नपाको २ र पर्सा गापाको २ स्थानहरुमा सडक नाटक प्रदर्शन गरिएको आयोजक संस्थाले जनाएको छ।



No comments:

Post a Comment