Saturday, July 16, 2022

सर्लाहीका पत्रकार बख्तियार अली "एभिन्युज प्रादेशिक उत्कृष्ट सम्मान २०७९ बाट सम्मानित

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ ३२

     सर्लाहीका पत्रकार बख्तियार अली"एभिन्युज प्रादेशिक उत्कृष्ट सम्मान २०७९" पुरस्कारबाट सम्मानित भएका छन ।पत्रकार अलीलाई एभिन्युज खबरको १५ औं वार्षिकोत्सवको अवसर पारेर वर्ष २०७९ को खवर प्रशारणतर्फ  नेपालको सातवटै प्रदेशहरु मध्ये मधेश प्रदेशबाट उत्कृष्ट खवर सम्वाददाताको रुपमा काम गरे वापत उक्त पुरस्कारबाट सम्मानित गरिएको हो। 

     पत्रकार अली कोरोना कालको समयमा आम नागरिकहरुको समस्याको बारेमा लगातार रुपमा समाचारहरु सम्प्रेषण गरि सरकारलाई घचघच्याउँदै आएका थिए।यस बाहेक पनि उहाँले समय समयमा मधेशका जल्दाबल्दा समस्याहरुलाई प्राथमिकतामा राखेर समय अनुकुल समाचारहरु सम्प्रेषण गर्दै आएका छन्।सर्वसाधारण जनताहरुको समस्यालाई समाचार लेखनको माध्यमबाट समाधान गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार अलीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको एभिन्युज खवर टेलिभिजनले जनाएको छ।

    पत्रकार अली नेपाल पत्रकार महासंघ सर्लाही शाखाका पुर्व उपाध्यक्ष,रिपोर्टस क्लब नेपाल मधेश प्रदेश अध्यक्षको साथै सर्लाहीको सदरमुकाम मलंगवाबाट नियमित रुपमा प्रकाशित हुदै आइरहेको राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाको प्रबन्ध निर्देशक समेत हुनुहुन्छ।

No comments:

Post a Comment