Sunday, July 3, 2022

गाली बेइज्जती कसूर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ १८

     गाली बेइज्जती कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको गस्ती टोलीले ब्रह्मपुरी गाउँपालिका वडा

न-३ भेल्ही बस्ने ५५ वर्षीय विमलेश साहलाई शुक्रवार अपराह्न सवा ३ बजे पक्राउ गरेको हो ।

   उनलाई सर्लाही जिल्ला अदालत मलंगवाले गाली बेइज्जती कसूरमा दोषी ठहर गर्दै २०६८ साल श्रावण २४ गते सजाय सुनाएको थियो।

   साहलाई नियन्त्रणमा लिई जिल्ला अदालत मलंगवामा बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





No comments:

Post a Comment