Saturday, July 9, 2022

जनता आवास समन्वय समिति सर्लाहीको संयोजकमा मधेश प्रदेश सांसद श्यामपरी देवी नियुक्त

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ २५

    जनता आवास कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिको संयोजकमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका उपाध्यक्ष एवं मधेश प्रदेश सांसद श्यामपरि देवी राम नियुक्त भएका छन् ।

    मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट सांसद रामलाई  सर्लाही जिल्लाकालागी जनता आवास समन्वय समितिको जिल्ला संयोजक पदमा नियुक्त गरिएको हो।

      नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) सर्लाहीका अध्यक्ष राजेश पासवानले  दलित समुदायको प्रतिनिधित्व गर्दै प्रदेश सांसद जस्तो गरिमामय पदमा पुग्नु भएका सांसद राम जनता आवास कार्यक्रमको संयोजक बन्नु भएकोमा खुसी ब्यक्त गर्दै उहाँको सफल कार्यकालको कामना गर्नुभएको छ।

No comments:

Post a Comment