Wednesday, July 6, 2022
जन्मिँदै ८५० ग्राम तौल भएको शिशुको सर्लाही मेडिकेयर अस्पताल मलंगवामा सफल उपचार पछि घर पठाइयो
सर्लाही,असाढ २२
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० स्थित रहेको सर्लाही मेडिकेयर प्रा.लि अस्पतालमा जन्मिँदै ८५० ग्रामको मात्र रहेको एक नवजात शिशुको सफल उपचार गरिएको छ।उक्त शिशु समय पनि नपुगी सात महिनामै जन्मिएको थियो।
उक्त शिशुको जन्म सर्लाहीको बसबरिया गाउँपालिका वडा न-३ भवानीपुर स्थित बस्ने मुकेश राम र पिंकी देवी रामको पहिलो सन्तानको रुपमा गत असाढ ६ गते दिउँसो २ बजेको समयमा धनकौल बर्थिङ्ग सेन्टरमा भएको थियो। समय भन्दा पहिल्यै मात्र ७ महिनामा जन्मिएको शिशुको स्वास्थ्य अवस्था जन्मिदैदेखि गम्भीर रहेको थियो।कम तौल,फोक्सोको विकास राम्रोसँग नभएका कारण स्वांसप्रश्वासमा समस्या र किटाणुको संक्रमण लगायतका समस्याहरु उक्त शिशुमा देखापरेकोले बर्थिङ्ग सेन्टरका स्वास्थ्यकर्मीहरुको सुझावमा पिता मुकेशले आमा र शिशुलाई सोहीदिन लिएर आफुकोमा आएको शिशुको उपचारमा संलग्न सर्लाही मेडिकेयर अस्पतालका डाक्टर नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.रविन कुमार चौधरीले बताउनुभयो ।
डा.चौधरीले अभिभावकहरु बर्थिङ्ग सेन्टरबाट शिशुलाई लिएर आएपछि सम्पुर्ण चेकजाँच गरिसके पछि हामीकहाँ भेन्टिलेटरको सुविधा उपलब्ध नभएको र शिशुको स्वास्थ्य अवस्थापनि नाजुक रहेकोले यहाँ उपचारमा समस्या हुने भन्ने बारे पिता मुकेशलाई जानकारी गराएर जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा लान भनेपछि निजले आफु मजदुरी गरेर घरपरिवार चलाउने ब्यक्ति भएकोले बच्चा र आमालाई जिल्ला बाहिरका ठुला अस्पतालमा लगेर उपचार गराउन आर्थिक रुपमा सक्षम नभएकोले यसै अस्पतालमा भर्ना गरेर उपचार गर्न पटकपटक आग्रह गरेपछि पिता मुकेश लगायत अन्य आफन्तहरुको आग्रह र मन्जुरीमा ठुलो रिक्स र चुनौतीको रुपमा लिएर तत्कालै कुनै विलम्ब नगरि आइसियुमा सिफ्ट गरेर म लागयत मेरो टिम शिशुको उपचार सुरु गरेको बताउनुभयो ।
बाँच्ने सम्भावना नरहेको एउटा कम तौलको बच्चालाई हामीहरुकै अनुरोधमा त्यस्ता खाले बच्चाको उपचारमा आवश्यक पर्ने साधनहरुको अभावको बाबजुद ठूलो रिक्स बोकेर ईश्वरको भरोसामा उपचार गर्न लगाएको र डाक्टर चौधरीसहित उहाँको टिमले पनि सफल उपचार गरेर बच्चाको जीवन रक्षा गरेको भन्दै बच्चाका अभिभावकहरुले खुसी व्यक्त गरेका छन।साथै उनीहरू सर्लाही मेडिकेयर अस्पतालमा कार्यरत चिकित्सकहरुको टिमलाई धन्यबाद दिएका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment