Wednesday, July 13, 2022

हरिवनमा भएको आगलागीबाट २० लाख भन्दा बढीको क्षति




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २९

     सर्लाहीको हरिवन नगरपालिका वडा न-२  स्थित पाकरगाछीमा   आगलागी हुँदा स्थानीय मनहरी मैनालीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

   मंगलबार दिउँसो १२ बजे अचानक विद्युत सर्ट हुँदा भएको आगलागीबाट मैनालीको काठले बनेको २ तल्ले घरसहित लत्ताकपडा,भाँडाबर्तन,अन्नपात,

फर्निचर र घरमा रहेको नगद रु २ लाख समेत गरि जम्मा २० लाख ९५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ ।

    आगलागीबाट मानवीय र पशु चौपायको भने क्षति नभएको डिएसपी बुढाथोकीले जानकारी दिए । उक्त आगलागी इलाका प्रहरी कार्यालय हरिवनबाट खटिगएको प्रहरी टोली र स्थानीयबासीेहरुले दमकलको सहायताबाट आधा घण्टा भित्र नियन्त्रणमा लिएका थिए।

No comments:

Post a Comment