Tuesday, July 19, 2022

बजेट अभावका कारण बिचमै रोकिएको बरहथवा-बिरगंज सडक निर्माणको जिम्मा बरहथवा नगरपालिकाले लिए

 




मनोज यादव---

सर्लाही,साउन ३

    बजेट अभावका कारण  मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको ठुलो तथा कृषि एवं औधोगिक नगरपालिकाको रुपमा रहेको बरहथवा नगरपालिकादेखि मधेश प्रदेशको सबैभन्दा ठुलो औद्योगिक एवं आर्थिक नगर पर्सा जिल्लाको बिरगंज नगरपालिकासँग जोड्ने सडकको निर्माण सम्पन्न हुन बाँकी रहेको सडकको अधुरो काम पुनः सुरु हुने भएको छ।

    संविधानसभा सदस्य हरि उप्रेतीले  २०७२ सालमा उक्त सडकमा पर्ने बागमती नदीमा ४८ करोडको लागतमा ७५० मिटर लामो पक्की पुलको शिलान्यास गरि ३८ महिनामा निर्माणकार्य सम्पन्न गराइ पुल भएर आवतजावत सुचारु गराएका थिए।सर्लाही जिल्लाबाट देशकै सबैभन्दा ठुलो आर्थिक नगर बिरगंज जान दुृरी र समयको हिसाबले पुर्व पश्चिम राजमार्ग को भन्दा बरहथवा भएर जान कम दुरी र समय लाग्ने भएको यस क्षेत्रका मानिसहरु यसै बाटोको प्रयोग गर्दै आएका थिए। तर यसअघि बागमती नदीमा पुल नहुँदा वर्षातको मौसममा नदीमा बाढी आउँदा मानिसहरुलाई सर्लाही जिल्लाबाट रौतहट जिल्ला हुँदै पर्साको बिरगंज जान राजमार्गको प्रयोग गर्नु पर्ने बाध्यता रहेकोले आफ्नो पहलमा बागमती नदीमा पुलको निर्माण गराइ वर्षभरीनै उक्त सडक भएर आवतजावत सुचारु गराएको संविधानसभा सदस्य उप्रेतीले बताए ।

   तर पुलको निर्माणकार्य सम्पन्न भएर आवतजावत सुचारु भएपनि केही स्थानमा बाटोहरु बिग्रिएका कारण ठुला-साना निजी तथा सार्वजनिक सवारीहरु भने चल्न सकेका छैनन् ।जसले गर्दा यस क्षेत्रका बासिन्दाहरुलाई राजमार्गकै भर पर्नु परेको छ।

     सर्लाहीको  हजरिया स्थित सहनी टोलदेखि बागमती पुलसम्मलको सडक बरहथवा नगरपालिकाको मातहतमा पर्ने भएकोले उक्त सडकको निर्माण तथा मर्मतको जिम्मेवारी सोही पालिकाको भएको उप्रेतीले बताउनुभयो ।यसका लागि नगरप्रमुख कल्पना कटुवाल निर्माणविज्ञ तथा स्थानीयहरुको साथमा हजरियादेखी बागमती पुलसम्मको सडकको निरिक्षण गर्नुभएको छ।

    निरिक्षण गर्दै उहाँले बजेट अभावका कारण पुरा हुन नसकेको सडक निर्माणको काम आफुले पूरा गर्ने बताउनुभयो।साथै उहाँले अबको केही दिनमै यस क्षेत्रका नागरिकहरु बिरगंज जानको लागि पुर्व पश्चिम राजमार्गको साटो बरहथवाकै बाटो प्रयोग गर्ने छन् भनि प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

No comments:

Post a Comment