Thursday, July 7, 2022

सर्लाहीमा स्थानीय तह निर्वाचन २०७९ का ९८ जना उमेदवारहरुले मात्र चुनावी खर्च बुझाए,अब बुझाउन आए नबुझ्ने




लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २३

    सर्लाहीमा बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा उमेदवार बनेका जिल्लाभरका ६ हजार २४६ जना उम्मेदवारहरु मध्ये ९८ जना उम्मेदवारहरुले मात्रै आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

   स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तह सदस्य निर्वाचनका प्रत्येक उम्मेदवारले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ, तर सर्लाहीमा भने निर्वाचन परिणाम घोषणा भएर निर्वाचित उमेदवारहरुले पदभार ग्रहण गरि काम सुरु गरिसकेको भएपनि उनीहरूले चुनावी खर्च नबुझाएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।

     वैशाख ३० को चुनावबाट सर्लाहीमा जम्मा एक हजार ४० जना जनप्रतिनिधि निर्वाचित भएका छन्।

   जिल्लामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनको अवधि गुज्रिसकेकोले अब निर्वाचन खर्चको विवरण कार्यालयमा नबुझिने निर्वाचन कार्यालयले जनाएको छ। म्याद गुज्रिएपछि पनि केही उम्मेदवार खर्च विवरण बुझाउन आएको भएपनि उनीहरुको विवरण अस्वीकार गरेर फर्काइएको कार्यालयले बताए

     जिल्ला समन्वय समिति सदस्यको साउन ५ गते चुनावी खर्च विवरण बुझाउने समय सकिंदै छ ।




No comments:

Post a Comment