करेन्ट लागेर सर्लाहीको पर्सामा एक पुरुषको मृत्यु
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन १३
करेन्ट लागेर सर्लाहीको पर्सा गाउँपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान करिब सवा ८ बजेको समयमा आफ्नै घरको हैण्ड पाइपमा जडान गरिएको पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर पर्सा गापा वडा न-६ बस्ने ४५ वर्षीय सुवोध झाको मृत्यु भएको हो।
झाको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
No comments:
Post a Comment