Saturday, July 2, 2022

मलंगवाबाट लागुऔषधसहित एक जना पक्राउ




लोकतन्त्र समाचारदाता----

सर्लाही,असाढ १८

     प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवाबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा न-३ बस्ने नथुनी साहको छोरा २० महमद बसिर साह फकिर रहेको छ।

    फकिरलाई शुक्रवार अपराह्न पौने ४ बजेको समयमा मलंगवा नपा-८ स्थित गस्तीमा खटिएका प्रहरीको चेकिंङ्ग टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा निजको साथबाट नाइट्राजेपाम ट्याबलेट २ पत्ता बरामद भएको थियो।

   निजलाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिइ आवश्यक अनुसंधान भइरहेको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment