Sunday, July 17, 2022

मलंगवा नगरपालिकाले साउन १ देखि करारका कर्मचारीहरु हटाए





लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १

    मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाले   करारमा भर्ना गरिएका  कर्मचारीहरुलाई हटाउन थालेका छन्।

      मलंगवा नपाको असाढ ३१ गतेको नगरसभाको निर्णयअनुसार यस कार्यालय अन्तर्गत रहेका शाखा,उपशाखा ,वडा कार्यालय र अन्य स्थानमा सेवा करारमा कामकाज गर्दै आइरहेका विभिन्न मिति र विभिन्न पदका लागि दरखास्त आवह्वान भइ सेवा करारमा पदपूर्ति भएका तथा ज्यालादारीमा कामकाज वा अन्य सेवा करारमा कार्यरत कर्मचारीहरुको २०७९ साउन १ गते देखि म्याद थप वा नविकरण नगर्ने भनि निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जनाएको छ।





 


No comments:

Post a Comment