Sunday, July 3, 2022

मेन्टोरिङ्ग,प्राथमिक मनाेसामाजिक सहयोग तथा GIEN समितिको कार्य जिम्मेवारी सम्बन्धि तीन दिने तालिम मलंगवामा सम्पन्न




मनोज यादव---

सर्लाही,असाढ १९

    मेन्टोरिङ्ग,प्राथमिक  मनाेसामाजिक सहयोग तथा GIEN समितिको कार्य जिम्मेवारी सम्बन्धि तीन दिने तालिम  सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।

   बालिका तथा समावेशी शिक्षा संजालका सदस्यहरुलाई बालिकाहरुको मनोसामाजिक अवस्था बारे बुझ्ने तरिका तथा उनीहरुसँग गर्ने व्यबहारको साथै प्राथमिक मनोसामाजिक सहयोग गर्ने विधिहरुको बारेमा जानकारी दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो।



   तीन दिवसीय तालिमको पहिलो दिन सहजकर्ता रञ्जु भण्डारीले  बालिकाहरुको मनोसामाजिक अवस्था बारे बुझ्ने तरिका, त्यस्ता बालिकाहरुसँग गर्ने व्यबहार तथा प्राथमिक मनोसामाजिक सहयोग विधिका विभिन्न प्रक्रियाहरुको बारेमा तालिमका सहभागीहरुलाई जानकारी गराएका थिए।

   तालिमको दोस्रो र तेस्रो दिन सहजकर्ता सेखर सापकोटाले सहभागीहरुलाई बालिकालाई मेन्टोरिङ्ग गरेर शिक्षामा जोड्न र उनीहरुको मनोबल बढाउन अपनाउने विभिन्न विधिहरुको बारेमा जानकारी गराएका थिए। सहभागीहरुलाई यस विषयमा अझ विस्तृत रुपमा जानकारी गराउन समूह छलफल,रोल प्ले,खेल तथा अडियो-भिडियो माध्यमको समेत प्रयोग गरिएको थियो।तालिम संचालन गर्नुको मुख्य उदेश्य बालिका शिक्षालाई अगाडि बढाउने रहेकोले GIEN समितिका सदस्यहरुलाई पालिकाबाट पारित GIEN को कार्यविधिको बारेमा पनि विस्तृत रुपमा छलफल गरिएको थियो।


   किशोरी सशक्तीकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत प्रेरणा ,VSO र HI को संयुक्त आयोजनामा संचालित तालिम गत बिहीबार बाट सुरु भएको थियो। तीन दिने तालिमको पहिलो दिन को पहिलो सत्रमा  VSO Global का social inclusion and disability advisor प्रविण कुमार ,VSO-Nepal का consortium program manager श्याम कृष्ण मण्डल,VSO Nepal का MEAL manager अर्जुन न्यौपाने र VSO Nepal की अभिनी   दिक्षितको विशेष उपस्थितिमा उद्घाटन गरिएको थियो।

    उद्घाटन सत्रमा बोल्दै VSO Global का social inclusion and disability advisor प्रविण कुमारले सामाजिक समावेशीकरण र अपाङ्गताको बारेमा समाजमा चलिआएको बस्तु अवस्थामा सुधार गर्दै कसरी  मुलधारमा ल्याउन सकिन्छ र त्यसको  उपायहरुको बारेमा सहभागीहरु सँग आफ्नो अनुभव साटेका थिए।

   तालिममा सहभागी हुन आएका संजालका सदस्य तथा अतिथिहरुलाई स्वागत गर्दै VSO Nepal ka program manager मण्डलले ENGAGE परियोजना द्वारा गरिएको कार्यमा सबै वर्ग,व्यक्ति तथा स्थानीय सरकारको भूमिका सराहनीय रहेको बताए। बालिका तथा सामाजिक शिक्षा संजाल पालिकाहरुमा बालिका शिक्षाको लागि कार्य गर्ने प्रमुख संजालको रुपमा सक्रिय  रहेको उनले बताए ।

    मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा आयोजना भएको तालिममा मलंगवा नपाका उपमेयर शकुन्तला देवी साह  ,शिक्षा शाखा प्रमुख प्रमोद मण्डल ,कौडेना गाउँपालिकाका उपाध्यक्ष नगिना देवी,प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,शिक्षा शाखा प्रमुख सिकिन्दर मुखिया,प्रेरणाका बोर्ड मेम्बर मुकेश झा,Prerana ENGAGE परियोजना संयोजक रामचन्द्र चौधरी,परियोजनाका सामुदायिक परिचालकहरु तथा VSO Nepal का राष्ट्रिय स्वयंसेवकहरुको उपस्थिति रहेको VSO नेपाल सर्लाहीका DPO राजन कुमार कर्णले लोकतन्त्रलाई जनाएको छ।



  उक्त तालिम बिहीबारदेखि सनिवारसम्म चलेको थियो।

No comments:

Post a Comment