Monday, July 11, 2022

सात दिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न

 

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २७

     सर्लाहीको हरिवनमा गत असाढ २१ गतेदेखि संचालित सात दिवसीय आधारभूत पत्रकारिता तालिम  सम्पन्न भएको छ।

   नेपाल  पत्रकार महासंघ सर्लाही  शाखाले आयोजना गरेको सात दिने आधारभूत पत्रकारिता तालिमको सोमबार विधिवत् रुपमा समापन गरिएको छ। 

    हरिवन नगरपालिका स्थित सम्राट होटलमा संचालन भएको उक्त  तालिमको समापन कार्यक्रममा बोल्दै मधेश प्रदेश सांसद डिल्ली उप्रेतीले सत्य तथ्यमा केन्द्रित भएर समाचार लेख्न प्रशिक्षार्थीहरुलाई सुझाव दिएका छन् ।पत्रकारिता  सत्य तथ्य उजागर  गर्ने कार्य भएकोले सो कार्यलाई आत्मसात गरेर पत्रकारिता गर्दा  त्यसले राज्यलाई पनि ठूलो सहयोग पुर्‍याउने उप्रेतीले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बताए ।

   पछिल्लो समय पत्रकारिता क्षेत्र व्यावसायिक बन्दै गएको र यसले गर्दा समाज रुपान्तरणमा ठूलो योगदान पुग्ने महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताउनुभयो ।

    बिहान र साँझ २०-२० जनाको समूहमा  ४० जनाले प्रशिक्षण लिएका  छन् । तालिमका सहभागीहरुलाई  मुख्य प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रशिक्षण दिएका थिए भने महासंघ केन्द्रीय कार्यालयका कार्यक्रम प्रवन्धक रामप्रसाद दाहालले  सहजीकरण गरेका थिए।

    तालिमका सहभागीहरुले ७ दिनको अवधिमा पत्रकारिता सम्बन्धी धेरै कुराहरु सिकेको र आगामी दिनमा पत्रकारीता पेशामा आबद्ध हुन चाहेको बताएका छन् । तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सांसद उप्रेती र प्रजिअ थानेश्वर गौतमले प्रमाणपत्र वितरण गरेका थिए।

    महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख जिल्ला  अधिकारी गौतम,प्रहरी उपरीक्षक प्रविण पोखरेल ज्यु शसस्त्र प्रहरी उपरिक्षक भरत खान्या लगायत महासंघ सर्लाही शाखाका पदाधिकारी तथा प्रशिक्षार्थीहरुको उपस्थिति रहेकाे थियाे।


No comments:

Post a Comment