Saturday, July 30, 2022
लकडाउनका कारण दुईवर्षदेखि बन्द रहेको बोलबम यात्रा सुरु ,मढियाधाममा जलाभिषेक गर्न जाने काँवरियाहरुको भिड बढ्यो
कोरोना संकटको बेला लगाइएको लकडाउनका कारण गएको दुई वर्षदेखि बन्द रहेको बोलबम यात्रा पुनः सुरु भएको छ। देशको विभिन्न मन्दिरमा नदीहरुबाट पवित्र जल लिएर शिवलिंङ्ग माथि जल चढाउन जाने काँवरिया तिर्थ यात्रीहरुको भिड बढेको छ।
मढियाधाममा आइतवार जलाभिषेक गर्ने परंपरा रहेको छ।दुइ वर्षदेखि भगवान शिवलाई जलाभिषेक गर्नबाट बन्चित बनेका शिवभक्त काँवरिया बोलबमहरु यसवर्ष निकै उत्साहित देखिएका छन् । बागमतीबाट पवित्र जल बोकेर खाली खुट्टा पैदल आउने काँवरियादेखि , डाँकबम र मोटरसाइकल ,जिप,ट्याक्टर लगायतका सवारीदाधनमा आउने शिवभक्तहरुको यात्रालाई सहज बनाउन र थकान मेटाउन विभिन्न स्थानमा बोलबम सेवा समिति मार्फत सेवा प्रदान गरिरहेका छन् ।सोही अनुसार मलंगवा वडा न-२ र ८ स्थित राजश्री सिनेमा हल र विद्युत कार्यालयको बिचमा पर्ने चौकमा हिन्दु परिषद नेपाल र बालमन्दिर चौकमा शिव शिष्य परिवारले बोलबम काँवरियाहरुलाई सेवा प्रदान गरिरहेका छन् ।उनीहरु यात्रीहरुको लागि निशुल्क भोजन, बास ,प्राथमिक उपचार,पानी,जुस लगायतका सेवाहरु प्रदान गरिरहेका छन् ।
भक्तहरु नेपालतर्फको नुनथर पहाड भएर निस्कने बागमती नदीको पवित्र जल भरेर खाली खुट्टा पैदल बोलबम र ओम नम: शिवायको लगातार जाप गर्दै ६५ किलोमीटरको लामो दुरी पार गरेर भारततर्फको मढिया गाउँमा रहेको मंकेश्वरनाथमा जल अर्पित गर्छन।
काँवरियाहरुको सुरक्षाको लागि ठाउँठाउँमा नेपाल प्रहरीको पेट्रोलिंग चलिरहेको हुन्छन् । सडकमा पानी छर्किने काम गरिन्छ। नवलपुर, हरिपुर, गैर, कबिलासी, सलेमपुर,गम्हरिया, मलंगवामा स्थानीयबासीहरु द्वारा भव्य पंडालको निर्माण गरिन्छ।ती पंडालमा काँवरियाहरुको लागि विभिन्न सुविधाहरु उपलब्ध गराइन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment