Tuesday, July 12, 2022

माण्डवी सर्लाहीद्वारा कबिलासी नगरपालिकाका नवनिर्वाचित महिला जनप्रतिनिधिहरुका लागि चार दिवसीय दोस्रो मोड्युलको प्रारम्भिक प्रशिक्षण कार्यक्रम सुरु

 





मनोज यादव---

सर्लाही,असाढ २८

    आइ.एफ.इ.एस तथा अस्ट्रेलियन सरकारको प्राविधिक तथा स्विस सरकारको आर्थिक सहयोगमा 

  माण्डवी सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा आज(मंगलबार )बाट ४ दिवसीय नव निर्वाचित महिला जनप्रतिनिधिहरुको लागि दोस्रो मोड्युल अन्तर्गत प्रारम्भिक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित भएका महिला जनप्रतिनिधिलाई शि लिड्स महिला नेतृत्व कार्यक्रम   मार्फत आ-आफ्नो क्षेत्रमा महिला जनप्रतिनिधिहरुले निभाउनु पर्ने भूमिका, अधिकार र  कर्तव्यका  बारेमा स्पष्ट पारि थप जानकारी गराउने उदेश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। 


   लगातार ४ दिनसम्म चल्ने यस तालिम मार्फत कबिलासी नगरपालिकामा नवनिर्वाचित महिला जनप्रतिनिधिहरुलाई स्थानीय सरकारमा प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक पर्ने सीप र ज्ञान, राजनीतिक संवादमा सहभागी हुनको लागि आत्मबल बढाउने,महिलाहरुलाई लैंगिक समानता प्रवर्द्धन गर्न तथा आफ्नो समुदायका बालिका तथा महिलाहरुका लागि प्रेरणा श्रोतको रुपमा काम गर्ने,लैंगिक समानतालाई संरक्षण गर्नका लागि सहभागीहरुका समुदायमा पुरुष सहयोगीहरुको निर्माण गर्ने तथा  निर्वाचित महिला जनप्रतिनिधिहरुले एकआपसमा अनुभवको आदानप्रदान र सहयोग गर्नका लागि संजालको निर्माण गर्ने लगायतका विषयमा प्रशिक्षण दिइने माण्डवी सर्लाहीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले बताए ।

   कबिलासी नपाका २२ जना नवनिर्वाचित महिला जनप्रतिनिधिहरुको सहभागीता रहेको  प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई बनिता कार्की र समीर कुमार यादवले प्रशिक्षण दिइरहेका छन् । 

   आयोजक संस्था माण्डवीका कार्यक्रम अधिकृत श्रेष्ठले  कबिलासी बाहेक सर्लाहीको बागमती,हरिवन,बरहथवा र हरिपुर्वा नगरपालिकामा पनि यसै किसिमको तालिम संचालन गर्ने कार्यक्रम रहेको जानकारी गराएको छ।जसमध्ये कबिलासीमा तालिम जारी रहेको छ भने अन्य दुइवटामा सम्पन्न भइसकेको  संस्थाले जानकारी दिए।

   यसअघि पहिलो मोड्युल अन्तर्गतको प्रशिक्षण कार्यक्रम स्थानीय तह सदस्य निर्वाचनको समयमा सम्पन्न भइसकेको संस्थाले जनाएको छ।                   उक्त कार्यक्रम मलंगवा नपा वडा न-९ बसपार्क स्थित नवरंग होटलको सभाहलमा संचालन भइरहेको छ।


No comments:

Post a Comment