Monday, July 11, 2022

सर्लाहीको जंगलमा गाडिएको अवस्थामा फेला परेको बालकको शवको एक साता बितिसक्दा पनि पहिचान खुलेन

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २७

   सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न- १३ स्थित सागरनाथ जंगलमा फेला परेको बालकको शवको अझै सनाखत हुन सकेको छैन । गत सोमबार २० गते सागरनाथ जंगलमा टाउको देखिने गरी गाडिएको अवस्थामा अन्दाजी  १५/१६  महिनाको बालिकाकोे शव फेला परेको थियो । उक्त बालकको शव निकै प्रयास गर्दा पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय केश्वरगंजले जनाएको छ ।

    दिउँसो बस्तु चराउन गएका गोठालाले टाउको बाहिरै देखिने गरी गाडिएको अवस्थामा उक्त  शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थल पुगेका प्रहरी टोलीले मुचुल्कासहित बालकको शव परीक्षणको लागि मलंगवा स्थित प्रादेशिक अस्पताल लगेका थिए ।हालसम्म उक्त  बालकको शवको सनाखत हुन नसक्दा पोष्टमार्टम समेत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।

  मृतक बालकले मोटु पतलुको चित्र अंकित गुलाबी रंगको हाफ टिसर्ट र जिन्सको प्यान्ट लगाएको जानकारी गराउँदै घटनाको अनुसन्धान चलिरहेकोले बालकको पहिचानमा सहयोग पुर्याइदिन सम्पूर्णमा अनुरोध गरेको छ । यस घटनाको विषयमा कुनै पनि सूचना भए मोबाइल न-९८५४०९००६१ अथवा ९८५४०९०१९६ मा सम्पर्क गरी जानकारी गराइदिन प्रहरीले अनुरोध गरेकाे छ ।

No comments:

Post a Comment