Wednesday, July 6, 2022

पानीको ड्रममा डुबेर २ वर्षीया बालिकाको मृत्यु





लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २२

      सर्लाहीको हरिवन नगरपालिका वडा न-२ स्थित एक बालिकाको मंगलबार साँझ  पानीको ड्रममा डुबेर मृत्यु भएको छ ।

   स्थानीय बिजय महतोकी २ वर्षीया अनुषा महतो मंगलबार साँझ साढे ६ बजे आफ्नै घरको आँगनमा रहेको  ड्रममा राखिएको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीेले जनाएको छ ।

   खेल्ने क्रममा ड्रमको पानीमा डुबेर बेहोस भएकी बालिकालाई उपचारको लागि नमुना अस्पताल हरिवनमा ल्याउँदा डाक्टरले मृत घोषित गरेको थियो।

   यो समाचार तयार पार्दा सम्म बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

No comments:

Post a Comment