लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २१
सर्लाहीको धनकौल गाउँपालिका-२ मा करेन्ट लागेर स्थानीय जगदेव सहनीको भैसीको मृत्यु भएको छ ।
सनिवार बेलुका पौने ६ बजेको समयमा सडक छेउमा रहेको ट्रान्सर्फमरबाट अर्थिङको लागि जमिनमा गाडिएको बिजुलीको तारमा चरनको लागि गइरहेको भैसीमा छुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भैसी मर्दा ७० हजार रुपैयाँको क्षति भएको पिडित सहनीले बताएको छ ।
No comments:
Post a Comment