Thursday, July 23, 2020
वर्षाका कारण हरिपुर्वा र चन्द्रनगरमा घरहरु भत्किएर
लोकतन्त्र समाचारदाता---
सर्लाही,साउन ८
अविरल वर्षाका कारण सर्लाहीको विभिन्न स्थानमा घरहरु भत्किएर लाखौं रुपैयाँको क्षति भएको छ ।वर्षाका कारण बिहिवार जिल्लाको हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिका स्थित केही घरहरु भत्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले दिएको जानकारी अनुसार हरिपुर्वा नगरपालिका वडा न-१ मा स्थानीय रामबृक्ष रायको खपडाले छाएको कच्ची घर पुर्णरुपमा भत्किएर घरमा रहेका अन्नपात,फर्निचर लगायत अन्य भौतिक सरसामानहरु गरि २ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै चन्द्रनगर गाउँपालिका वडा न-४ मुस्लिम टोल बस्ने स्थानीय नौसाद मुकेरीको फुसको छाना र टाटीको बेरा भएको १ तल्ले कच्ची घर पुर्णरुपमा भत्किएर ७५ हजार रुपैया बराबरको क्षति भएको छ । वर्षाको पानीले सोही स्थान बस्ने नानीसोभा महर्जनको इट्टा र सिमेन्टले बनेको १२० फिट लम्बाइ भएको पक्की पर्खाल भत्किएर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको डिएसपी कुवँरले जनाएको छ ।
ती सबै घटनामा कुनै किसिमको मानवीय र पशुचौपायामा क्षति नभएको डिएसपी कुवँरले लोकतन्त्रलाई जानकारी दिए ।वर्षा सुरु भएपछि एकसाता भित्र सर्लाहीमा झण्डै ३ दर्जन भन्दा बढी घरहरु बाढी र पानीले भत्किसकेको प्रहरीले जानकारी गराएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment