Tuesday, July 14, 2020

नेपाल नाई संघ नगर कमिटी मलंगवाको पहिलो बैठक सम्पन्न



सर्लाही ,असाढ ३०
     सैलुन संचालनको विषयलाई लिएर नेपाल राष्ट्रिय नाई संघ नगर कमिटी मलंगवाको आज(मंगलबार )बसेको बैठकबाट विभिन्न निर्णयहरु गरिएको छ ।
    ने.ना स नगर कमिटी मलंगवाका अध्यक्ष मोहन ठाकुरको अध्यक्षतामा संघका पदाधिकारीहरु बीच  बसेको पहिलो बैठकमा नगर भित्र संचालित सबै सैलुनमा आफ्नो र ग्राहकहरुको  स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै काम गर्दा हजामले अनिवार्य रुपमा माक्स र ग्लोब्स लगाउनुपर्ने, सैलुनमा सेनिटाइजर, साबुन , पानी सहितको बाल्टी ,जग सफा औजार र तौलिया राख्नु पर्ने , संघले तय गरेको रेट लिस्ट भन्दा बढी अथवा कम शुल्क ग्राहक सँग लिन नपाउने,पसलमा मूल्य सुचि सबैले देख्ने गरि टाँस्नु पर्ने र प्रत्येक  महिनाको अन्तिम मंगलबार संघका सदस्यहरु बीच
बैठक बस्नु पर्ने निर्णयहरु गरिएको छ ।आजको बैठकबाट अब देखी संघको नियम उलंघन गर्ने र नियम पालना नगर्ने सैलुन संचालक उपर संघ कडा रुपमा प्रस्तुत हुने समेत सर्वसम्मतिबाट निर्णय भएको नगर कमिटी अध्यक्ष ठाकुरले जानकारी गराउनु भएको छ ।
    बैठकमा नगर कमिटी मलंगवाका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment