Thursday, July 9, 2020

सशस्त्र प्रहरीले ५ लाख रुपैयाँको अवैध पटाखा नष्ट गर्यो




भिडियो सहित......
लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २५
   सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट खुटौनाबाट खटिएको टोलीले  सर्लाहीको मलंगवा नगरपालिका वडा न-५ भाँडर स्थित नेपाल भारत सिमाबाट विभिन्न मिति तथा समयमा बरामद गरेको ५ लाख रुपैया बराबरको विभिन्न किसिमका पटका र १५० लिटर घरेलु मदिरा नष्ट  गरेको छ।
    पटाखा बिक्रीवितरण तथा प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको छ। सोही क्रममा सशस्त्र प्रहरी बिओपि खुटौनाको टोलीले गस्तीको क्रममा गत सनिवार नेपाल भारत सिमा नजिकैको भाँडसर इलाकाबाट बेवारिसे अवस्थामा  ७ बोरा विभिन्न किसिमका  पटाखाहरु   बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जनाएको छ । यस्तै सशस्त्र प्रहरीले  विभिन्न मिति र स्थानबाट चेकजाँचको क्रममा बरामद गरेको १५०
लिटर घरेलु मदिरा पनि नष्ट गरेको छ ।बरामद गरिएको पटाखा तथा घरेलु मदिरा आज कविलासी नगरपालिकाको  सशस्त्र प्रहरीको बेस अगर्वामा जनप्रतिनिधि ,स्थानीयबासी र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको छ ।
     सर्लाहीको सदरमुकाम मलंगवा सहित अन्य खुल्ला नाकाबाट वर्षेनी लाखौं रुपैयाँ बराबरको पटाखाको अवैध कारोबार हुने गरेको छ ।यसरी खुल्ला सीमाबाट अवैध रुपमा भित्रिने  पटाखाहरु काठमाडौँ लगायत देशका विभिन्न भित्रि जिल्लाका  बजारसम्म पुग्ने गरेकाले सिमानाकाहरुको चेकजाँचमा कडाई गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment