Tuesday, July 7, 2020

सर्पले डँसेर दुईजनाको मृत्यु


सर्लाही ,असाढ २३
 सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न–१४, श्रीनगरमा सर्पले डसेर एक वृद्धाको  मृत्यु भएको छ ।
   स्थानीय रामवृक्ष चौधरीकी  ५० वर्षीया  श्रीमती पनियाँ देवीको गत आइतवार राति आँगनमा बसिरहेको अवस्थामा गहुमन सर्पले डँसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सर्पको टोकाइबाट घाइते  भएकी वृद्धालाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्र नवलपुर ल्याएको र  त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लाने क्रममा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जानकारी दिएको छ। यसअघि पनि गहुमन सर्पले डँसेर लालबन्दी नगरपालिका वडा न–१०, चन्द्रपुरका ९ वर्षीय बालकको मृत्यु भएको प्रहरीले बताएको छ

No comments:

Post a Comment