Monday, July 13, 2020

स्यालो ट्युबवेल जडान भएपछि कबिलासीका किसान खुसी




मनोज यादव----
सर्लाही ,असाढ २९ 
     वर्षौदेखि सिँचाईको समस्याबाट पिडित हुँदै आएका  कविलासी नगरपालिका अन्तर्गतका  अगर्वा, कविलासी, सलेमपुर र भलुवाहा गाउँका किसान स्यालो ट्युबवेल जडान भएपछि खुसी भएका छन् ।उनीहरू खुसी ब्यक्त गर्दै सार्वजनिक रुपमै नगरप्रमुख कौशल किशोर यादवलाई धन्यवाद दिएका छन् ।
    सर्लाही क्षेत्र नं- २ का प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवको निर्वाचन क्षेत्र विकास कोषको रकम र कविलासी नगरपालिकाको संयुक्त लगानीमा जडान गरिएको स्यालो ट्युबवेलबाट  वडा न-८,९ र १० किसानहरुले  यस वर्षका लागि  धान रोपाइँ समेत गरिसकेका छन् ।स्यलो ट्युबवेल जडान गरेर सहज रुपमा सिंचाइ गर्न पाएपनि सरकारले मलखाद उपलब्ध नगराउँदा धान रोप्न समस्या भएको स्थानीय किसानहरुले गुनासो गरे । एउटा स्यालो ट्युबवेलबाट करिब चार विगहा  जमिनमा सिँचाई सुविधा पुग्छ । तीनवटा वडामा जम्मा  १२१ वटा ट्युबवेल जडान गर्ने स्टिमेट रहेको कविलासी नगरपालिकाको कार्यालयले जनाएको छ ।
   प्रतिनिधि सभा  सांसद यादवको निर्वाचन क्षेत्र विकास कोषको ५० लाख  र नगरपालिकाको करिव ४३ लाख रुपैयाँको लागतमा स्यालो ट्युबवेल जडान गरिएको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले जानकारी दिए । ट्युबवेल जडान गर्न किसानहरुबाट रकम असुल गरेको गुनासो समेत आएको तर  मेयर यादवले भने ट्युबवेलाई  दीर्घकाल सम्म टिकाउनका लागि  गिट्टी हाल्नका लागि मात्र जनसहभागितामा  किसानहरु आफैले राजीखुसी थोरै रकम उठाएर आवश्यकता अनुसार गिट्टी हालेको  दावी गर्नुभएको छ। ट्युबवेल जडान गर्ने उपभोक्ता समितिलाई अहिलेसम्म भुक्तानि समेत नगरिएको र लागेको सम्पूर्ण खर्च उपभोक्ता समितिले नै बेहोरेका कारण कुनै किसिमको अनियमिता नभएको उहाँले बताउनुभयो  । अनियमिताको आरोप लागेपछि मेयर यादवले जिल्लाका पत्रकारहरुलाई बोलाएर जडान गरिएको  स्यालो ट्युबवेलको अनुगमन समेत  गराउनु भएको छ ।

No comments:

Post a Comment