Sunday, July 12, 2020

सडक निर्माणको माग गर्दै स्थानीयबासी द्वारा मलंगवा नगरपालिका कार्यालय अगाडि धर्ना


video सहित.....

सर्लाही ,असाढ २८
    सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिका वडा न-७ मुसैलीका स्थानीयबासीहरु सडककाे दुराबस्थाकाे सुधारको माग गर्दै नगरपालिका कार्यालयको मुल गेट अगाडि आज(आइतवार)बाट अनिश्चित कालका लागि  धर्नामा बसेका छन् ।
     मलंगवा -७  मुसैली अन्तर्गत  नुनिया टोलभित्र रहेका सडकको दुराअवस्थालाई सुधार गर्न दबाब र ध्यानाकर्षण गराउन भन्दै  नगरपालिका कार्यालय अगाडि  धर्ना दिएको  टोल सुधार संघर्ष समितिका अध्यक्ष मोहम्मद इसा मिकरानीले जनाएको  छ । सानो पानी पर्दा पनि नुनिया टोलको बाटो हिलाम्मे हुने र उक्त बाटो भएर आवतजावत गर्न मुस्किल पर्दै आएकोले सडक निर्माणका लागि वडाध्यक्ष देखि नगरप्रमुख , नगरपालिकाका कर्मचारीहरु र संघीय देखि प्रदेश सांसद समेत लाई पटक-पटक गुहारिसक्याैं तर काम अघि सरेको छैन । त्यसैले हामी बाध्य भएर हाम्राे कुरा सुन्ने स्थानीय निकाय भनेकै नगरपालिकाका प्रतिनिधि भएकाले हामीले यहीँ आएर धर्ना दिएका हाैं ।' संघर्ष समितिका अध्यक्ष मिकरानीले बताए ।हाम्रो माग जायज भएकोले यसको  बेवास्ता गरिए थप कडा बिरोधका कार्यक्रम ल्याउने टोल सुधार संघर्ष समितिका सदस्यहरुले  चेतावनी दिएका छन् ।जारी धर्ना माग पूरा नहुन्जेल सम्म अनिश्चितकाल सम्म जारी रहने समितिले जनाएको छ ।    
 धर्नामा मुसैलीका स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको छ ।





1 comment: