Tuesday, July 7, 2020

अनियमित बत्ती जाने समस्याबाट सर्लाहीबासी हैरान



सर्लाही ,असाढ २३
     छिनछिनमा बत्ती गइइरहने कारणले गर्दा  सर्लाहीबासी हैरान  भएक छन् ।जिल्लामा मलंगवा , लालबन्दी र बरहथवा गरि तीनवटा वितरण केन्द्रहरु रहेका छन् ।जस मध्ये मलंगवा र लालबन्दी वितरण केन्द्र अन्तर्गतका क्षेत्रका नागरिकहरु छिनछिनमा बत्ती गइरहने समस्याबाट पिडित भएका छन् ।
    छिनछिनमा बत्ती आउने र जाने कारणले विधुतिय उपकरणबाट गर्नुपर्ने  कामहरु प्रभावित भइरहेको छ भने विद्युतीय उपकरणहरुमा समेत समस्या देखिन थालेको उपभोक्ताहरुले गुनासो गरेका छन् । लकडाउन सुरु भएदेखि मलंगवा र बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा  बिजुलीको चोरी बढी अरु दिनको तुलनामा बढेको  छ । नेपाल विद्युत प्राधिकरण मलंगवा  वितरण केन्द्रका अनुसार प्राविधिक अनियमितरूपमा  बत्ती गइरहने समस्या जिल्लाको नभई केन्द्रीय प्रशारण लाइनकै खराबीले गर्दा  भएको हो । सर्लाही जिल्लामा रहेका  विद्युतीय उपकरणहरु  पुराना रहेका र रौतहटको चन्द्रनिगाहपुरबाट  जंगलको बाटो हुँदै लामो दुरी पार गरेर   लाईन ल्याउनु परेकोले पनि पटकपटक यस्तो  समस्या  आउने गरेको मलंगवा वितरण केन्द्रले बताएको छ ।

No comments:

Post a Comment