Tuesday, July 14, 2020

अविरलको वर्षाले धान र तरकारी बालीमा क्षति



सर्लाही ,असाढ ३०
    लगातारको अविरल वर्षाका कारण खेतमा पानी भरिएपछि  सर्लाहीमा रोपाइ गरिसकेका धान बालीको साथसाथै तरकारी बालीमा क्षति पुर्याएको छ ।
    वर्षाका कारण लखनदेही, झिम ,बागमती ,बाँके र फुलजोर लगायतका खोलामा आएको बाढीले जिल्लाका सयौं  बिघा जमिनमा लगाइएको  धान र तरकारी बालीमा क्षति पुगेको छ भने खोल छेउका खेती योग्य जमिन समेत कटान गरेको स्थानीयहरुले बताएका छन् । जिल्लाको भेल्ही, ब्रम्हपुरी, चन्द्रनगर,  भाँडसर, सिमरा,शिवनगर, सक्रौल, महिनाथपुर,खैर्वा , बहुअर्वा , सलेमपुर, भलुहवा, लगायतका खोला छेउका गाउँघरका किसानहरु वर्षा र बाढीबाट बढी प्रभावित भएका छन् ।

No comments:

Post a Comment