Saturday, July 11, 2020

मलंगवाको आइसोलेसनमा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखियाे



लोकतन्त्र समाचारदाता----
सर्लाही ,असाढ २७
    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित कृष्णा चौकमा रहेको आइसोलेसनको सुरक्षार्थ खटिएका नेपाली सेनाका सुरक्षाकर्मीहरु मध्ये ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा सर्लाहीका ८ जनामा पाेजेटिभ देखिएकाे बताईए पनि सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर  जिसीले भने ६ जना नेपाली सेनाका सुरक्षाकर्मीमा मात्र पाेजेटिभ देखिएकाे बताउनुभएको छ । सदरमुकाम मलंगवाको वडा न-२ मा रहेको नर्सिङ कलेजमा बनाइएको  आईसाेलेसनमा  खटिँदै आएका नेपाली सेनाका जवानहरुको  स्वाब परिक्षणका लागि पठाईएकाे मध्येबाट  ६ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे  प्रजिअ जिसीले जानकारी गराउनुभएको छ ।यो सँगै  सर्लाहीमा कोरोना संक्रमितको संख्या ६५८ पुगेको छ ।



No comments:

Post a Comment