Tuesday, July 7, 2020

सर्लाहीका पत्रकारलाई प्रेस ज्याकेट हस्तान्तरण



सर्लाही ,असाढ २३
    एड एट एक्सन नेपालले  पत्रकार महासंघ सर्लाही  शाखालाई ५० थान  प्रेस ज्याकेट सहित ५० थान N 95 माक्स सहयोग गरेको छ।
    मंगलबार बिहान एक कार्यक्रमको आयोजना गरि एड एट एक्सनका लेखा प्रमुख महेश बख्रेलले ज्याकेट सहित N 95 मास्क र महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरलाई  हस्तान्तरण गरेका हुन्। कोरोना भाइरसबाट बचाउन मुलुकमा लकडाउन जारी भएका बेला नियमित समाचार संकलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि सहयोग पुगोस् भन्ने उदेश्यले सर्लसहीका पत्रकारहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरिएको लेखा प्रमुख बख्रेलले बताउनुभयो ।

No comments:

Post a Comment