Saturday, July 4, 2020

भारतीय मिडियाले भन्यो : प्रधानमन्त्री ओलीले राजीनामा दिने ?

काठमाडौँ ,असाढ २०
    - नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार पदबाट राजनीनामा दिने संभावना रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीले शनिवार अपरान्ह ४ बजे तिर देशबासीका नाममा सम्बोधन गर्ने र त्यसै मार्फत पदबाट राजीनामा दिन सक्ने भारतीय मिडियाको दाबी छ ।
भारतीय सञ्चार माध्यम जी न्यूजको अंग्रजी अनलाईन संकरणले ओलीले राजनीनामा दिने संभावना रहेको दाबी गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( एनसीपी) मा बढ्दो विवादका कारण ओलीले पदबाट राजीनामा दिन लागेको समाचारमा जनाइएको छ । नेकपाको स्थायी समिति बैंठक शनिवार बिहान ११ बजे हुने भनिएको थियो , उक्त  बैंठक सोमवार सम्मका लागि स्थगित गरियो , जस्ले गर्दा ओलीलाई दुई दिनका लागि भए पनि राहात मिलेको समाचारमा जनाइएको छ । नेपालमा जारी संकटका बीच नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेटेको समाचारमा बताइएको छ । साथै राजदूत यान्छीको भेटलाई समचारले बिशेष सुत्रलाई हवाला दिँदै एकवार फेरी चीनले नेपालको राजनीतिमा हस्तक्षेप गरेको दाबी गरेको छ । 
लिम्यिाधुरा, लिपुलेक , कालापानी सहितका भारतले अतिक्रमण गरेको नेपाली भूमि समावेश गरी नेपालले नक्शा जारी गर्नुलाई भारतीय मिडियाले चिनिया राजदूतको भूमिका रहेको तथ्यहिन आरोप समेत लगाएको छ । करिब हप्ता दिन अघि प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारत लागिपरेको र त्यसमा आफ्नै पार्टीका नेताहरु समेत लागेको , होटल र राजदूतावासमा बैंठक समेत हुने गरेको बताएपछि पछिल्ला दिनहरुमा प्रधानमन्त्री ओलीको राजीनामा माग भैरहेको समाचारमा उल्लेख छ । भारतीय मिडियाले अधिकांश समय समाचारलाई मसला बनाउने गर्छन , समाचारमा तथ्यकम परिस्थिति बिगार्ने मसला बढी भएको पाइन्छ । भारतीय मिडियाको भारतीयहरु नै बिश्वास गर्दैनन् । यो समचार पनि तथ्यमा भन्दा आधारहिन बढी देखिन्छ।
योहो खबरबाट....

No comments:

Post a Comment