Friday, July 10, 2020

सर्लाहीमा सर्पको बिगबिगी बढ्यो



लोकतन्त्र समाचारदाता ----
सर्लाही ,असाढ २६
   प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि सर्लाही  जिल्लामा सर्पदंशको घटना एकएक बढेको छ ।पानी परेर दुलोहरु भरिएर सर्पहरु बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको मलंगवा वडा न–२  स्थित वडा स्वास्थ्य चौकीका इन्चार्ज संजय यादवले  बताएको छ ।
    अहिले  धानको रोपाइँ चलिरहेकोले   जिल्लाको ग्रामीण क्षेत्रमा  सर्पदंशका घटना बढ्दै गएका छन् । सदरमुकाम मलंगवा   स्थित मलंगवा  अस्पतालका अनुसार दैनिक ८/ १० जना  सर्पदंशका बिरामीहर उपचारका लागि आउने गरेका छन् । विषालु सर्पको टोकाइबाट हालै सर्लाहीमा दुइजनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
   जिल्लामा गर्मी सँगै वर्षा शुरु भएपछि  गोमन र करेत जातका विषालु सर्प र ढोंडिया, हरहरा लगायतका  विष नलाग्ने सर्प छ्यापछ्याप्ती देखिने गरेका छन् ।

No comments:

Post a Comment