Wednesday, July 15, 2020

पत्रकार सँग सुचनाको हक सम्बन्धी अन्तरक्रिया गरियो


लोकतन्त्र समाचारदाता-----
सर्लाही ,असाढ ३१
    जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजना तथा
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीको सहजीकरणमा सदरमुकाम मलंगवामा सुचनाको हक  सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    जिल्ला स्थित प्रशासनिक निकाय ,सरकारी कार्यालय तथा विभिन्न  संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थितिमा आज (बुधबार )जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम भएको हो ।कार्यक्रममा  प्रमुख अतिथि सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सुचना हक सम्बन्धि ऐनले व्यवस्था गरे बमोजिम हरेक किसिमको सुचना प्राप्त गर्ने  नागरिकको अधिकार रहेको बताउनुहुँदै आर्थिक वर्ष २०७६/०७७ मा  जिल्ला प्रशासन कार्यालयले गरेको काम र सेवा प्रणालीको बारेमा संचारकर्मी लगायत उपस्थित सहभागीहरुलाई जानकारी गराउनुभयो ।कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरी जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा सुचना अधिकारीहरु लाई राखेर  सुचनाको हक सम्बन्धमा छलफल तथा अन्तक्रिया गर्न सके  थप प्रभावकारी हुने बताउनुभयो ।
    कार्यक्रममा सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणी पोखरेल, राष्ट्रिय अनुसंधान कार्यालयका प्रमुख दिलिप सिंह,जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी होमनाथ सुवेदी ,प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्द्रवंशी,प्रशासकीय अधिकृत रामप्रमोद यादव,प्रशासकीय अधिकृत राम नरेश राम लगायत पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक सुनिल ठाकुरले बताउनुभयो ।

No comments:

Post a Comment