Thursday, July 2, 2020

नागरिकता विधेयक विरुद्ध सिरहामा भैंसी जुलुस



जनकपुरधाम, असार १८ गते । 
     नेपाली नागरिक सँग विहे गरेकी विदेशी महिलालाई सातवर्षपछि मात्र नागरिकता दिने नागरिकता विधेयक विरुद्ध सिरहामा भैँसी जुलुस प्रदर्शन गरिएको छ ।
बिहीबार बिहान सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीले भैँसी जुलुस प्रदर्शन गरेको हो ।
भैँसीको जिउमा केपी ओली मुर्दावाद, नागरिकता विधेयक खारेज गर, महिलालाई हेप्न पाइदैन लगायतको नाराहरु सोतो अक्षरले लेखेर गाउँ घुमाँउदै जनमत पार्टीका युवानेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेको हो ।
जनमत पार्टीले निरन्तर १२ दिनदेखि नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सिरहासहित देशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गर्दै आएको जनतमत पार्टीका नेताहरुले बताएका छन ।
जनमत पार्टीका नेता दिपेन्द्र यादवले मधेश सँग भारतको रहेको बेटीरोटीको सम्बन्धलाई तोडन राज्यले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता सहितको विधेयक ल्याएको आरोप लगाए ।
उनले भने विधेयक फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहनेछ ।

No comments:

Post a Comment